Wednesday, December 19, 2012

एक युवक फेसबुकमा बुङ्गा बुङ्गा इभेन्ट बनाएकोमा पक्राउ

मोरङ जिल्ला हनुमानमन्दिर टोल–६ विराटनगरका ४० वर्षिय कीर्तन पोखरेल प्रहरीको फन्दामा परेका छन्। बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राखेको अभियोगमा शुक्रबार उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

कीर्तनले फेसबुकमा बुङ्गा बुङ्गा इभेन्ट बनाएका रहेछन्। यो बुङ्गा बुङ्गा अर्थत सेक्स पार्टीमा ११ देखि १७ बर्ष उमेरका किशोरीहरु समावेश गर्ने योजना उनको रहेछ। पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागि २ हजार युरो खर्च लाग्ने त्यहाँ लेखिएको रहेछ।

फेसबुकमा बनाएको इभेन्टबाट उनी अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिजम गर्ने कार्यमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ। आवश्यक अनुसन्धान र कारबाहीका लागि उनी अहिले हनुमानढोकामा छन्। आरोप प्रमाणित भयो भने उनलाई बढीमा ५ वर्ष जेल र १ लाख रुपियाँसम्म जरिवाना हुनसक्छ।

No comments:

Post a Comment