Wednesday, December 19, 2012

ईलामलाई दक्षिण एसियाकै पहिलो ग्रीन सिटी बनाइने

इलाम नगरपालिकालाई दक्षिण एसियाकै पहिलो ग्रीन सिटी बनाइने योजना अनुसार इलाम नगरपालिकामा पहलमा सुरु गरिएको छ । सो योजनाको लिएर इलाम नगरपालिकाका अधिकृत सहितको टोली राजधानी समेत पुगेको छ ।

तयार पारेको योजनाबारे वातावरण मन्त्रालय, स्थानीय विकास मन्त्रालय लगायतका सम्बन्धित निकायसँग छलफल गरेर अन्तिम रूप दिइने र सरकारलाई बुझाइने नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारी बताउनुभयो । वातावरणमैत्री विकासका रूपमा इलाममा हाइड्रोपावर, सामुदायिक वन, चिया बगान, बर्षाको पानी संकलन आदी जस्ता अभियान समेत चलाइएको साथै ईलामलाई ग्रीन सिटी बनाउन आवश्यक पूर्वाधार समेत धेरैजसो तयार भइसकेको अधिकृत अधिकारीले बताउनुभयो।

No comments:

Post a Comment