Wednesday, December 19, 2012

बंगलादेश बिरुद्धको मैत्रीपूर्ण खेल बराबरीमाबिहीबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ। बंगलादेशलार्इ १८ वर्षपछि गत वर्ष साफ च्याम्पियनसिपमा कप्तान सागर थापाको उत्कृष्ट गोलको मदतमा हराए पनि नेपालले आज भने बराबरिमै चित्त बुझाएको छ। घरेलु दर्शकको साथ पाएको नेपाली टोलिले खासै राम्रो खेल्न सकेन । खेल भरिनै नेपालले दबाव दिएपनि गोल भने गर्न सकेन। खेलको १३ मिनेटमा भरत खबासले गोल गर्नु सुन्दर अबसर गुमाए। खेल्को ४३ औं मिनेटमा नेपाली रक्षक किरण चेम्जाङ अगाडी बढेर बल रोक्न खोज्दा पाएको फ्रि किकमा बंगलादेशका जाहिद हुसेनले गोल गरेका थिए। ६० औं मिनेटमा भोलानाथ सिल्वालाले डि बक्समा पाएको अबसरलार्इ सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए । त्यसपछी कुनै पनि गोल भएन र खेल एक एक गोलको बराबरीमै सकियो।

बिहीबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ। बंगलादेशलार्इ १८ वर्षपछि गत वर्ष साफ च्याम्पियनसिपमा कप्तान सागर थापाको उत्कृष्ट गोलको मदतमा हराए पनि नेपालले आज भने बराबरिमै चित्त बुझाएको छ। घरेलु दर्शकको साथ पाएको नेपाली टोलिले खासै राम्रो खेल्न सकेन ।

खेल भरिनै नेपालले दबाव दिएपनि गोल भने गर्न सकेन। खेलको १३ मिनेटमा भरत खबासले गोल गर्नु सुन्दर अबसर गुमाए। खेल्को ४३ औं मिनेटमा नेपाली रक्षक किरण चेम्जाङ अगाडी बढेर बल रोक्न खोज्दा पाएको फ्रि किकमा बंगलादेशका जाहिद हुसेनले गोल गरेका थिए। ६० औं मिनेटमा भोलानाथ सिल्वालाले डि बक्समा पाएको अबसरलार्इ सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए । त्यसपछी कुनै पनि गोल भएन र खेल एक एक गोलको बराबरीमै सकियो।

No comments:

Post a Comment