Wednesday, December 19, 2012

आठौं साफ च्याम्पियनसिप नेपालमा


आठौं साफ च्याम्पियनसिप नेपालमा
17 September 2012 | Views : 201
आठौं साफ च्याम्पियनसिप नेपालमा दक्षिण एसियाली फुटबल महासंघ(SAFF)को कोलम्बोमा आइतबार भएको बैठकले साफको आठौं संस्करण सन् २०१३ को सेप्टेम्बर वा डिसेम्बरमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले आज कोलम्बोमा पत्रकारसँग साफको आठौं संस्करण नेपालले गर्न लागेको जानकारी दिदै खुशियाली ब्यक्त गर्नुभयो । उहाले यो पटकको साफ खेल नेपालमा हुनु दक्षिण एसियाली फुटबल महासंघको ठुलो निर्णय भएको र यो आवसरलाई अविस्मरणिय बनाउन कुनै कसुर नछोड्ने भन्दै धेरै खुशी ब्यक्त गर्नुभयो ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने अवसर नेपालले दोस्रोपल्ट पाएको हो। आज भन्द १५ बर्ष पहिले सन् १९९७ मा काठमाडौंबाटै साफ च्याम्पियनसिप सुरु भएको थियो जुन खेल्मा मल्दिभ्सलाई हराउदै भारत बिजेत बनेको थियो। गत बर्ष साफको सातौ संस्करण भारतमा भएको थियो । साफका आठ राष्ट्र सम्मेलेत उक्त खेल्मा नेपाल सेमी फाइनलमा आफ्गानस्थान सँग १ गोलले पराजित भएको थियो भने भारतले सातौ संस्करण जितेको थियो ।

No comments:

Post a Comment